
नायिका तथा मोडल एलिजा गौतमले एलिजा गौतम नामक फाउण्डेशन स्थापना गरेर समस्यामा परेकाहरुलाई सहयोग गर्ने योजना बनाएकी छिन् । सुरुमा उनले धादिङ जिल्लामा ७७ जटा घरहरु निर्माण गर्नेछिन् ।
त्यसपछि देशका ७७ वर्ट जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश दश वटा घरहरु निर्माण गर्नेछिन् । उनले सामाजिक सञ्जाल मार्पत यसबारे जानकारी दिएकी हुन् । उनले आफू एक्लैले यो काम गर्न नसक्ने भएकाले सबैको साथ, सहयोग र हौसलाको आवश्यकता रहेको बताएकी छिन् ।
एलिजाले आउँदो चैत्र ११ गते आफ्नो जन्मदिनको दिनदेखि यस पूण्य कामको सुरुवात गर्ने जानकारी दिएकी छिन् । यसअघि पनि एलिजाले सामाजिक कार्य भने गर्दै आएकी थिइन् ।





