कम समयमा धेरै फिल्म गरेको भन्दै अक्षयको तारिफ भएपछि भड्किए अभिषेक, यस्तो छ कारण…



यतिबेला सामाजिक सञ्जालमा बलिउड अभिनेता अक्षय कुमारका फ्यान र अभिषेक बच्चनबिच भिडन्त भैरहेको छ । हालै एक्जिबिटर अक्षय राथी नामका एक ट्वीटर प्रयोगकर्ताले ट्वीटरमा ट्वीट गर्दै अक्षय कुमारको निकै नै तारिफ गरे । उनले अक्षय छोटो समयमा धेरै र गुणस्तर चलचित्र दिएको बताए । त्यसका साथै अक्षयले आफ्नो स्टारडमलाई मेन्टेन गरेको कुराको पनि तारिफ पनि गरे ।

ट्वीटमा उनले लेखे, ‘यो कति उत्कृष्टको कुरा हो, अक्षय कुमारले एउटा फिल्म समाप्त गर्ने बेलासम्म केही कलाकारले भने आफ्नो छोटो भूमिकाका लागि चाहिने साधारण सीप मात्रै सिक्न सकिरहेका हुन्छन् । अरु कलाकारले अझै राम्रो गर्नुपछ, राम्रो प्लानिङ गर्नुपर्छ ।’

यसै ट्वीटप्रति अभिषेक बच्चनले आपत्ति जनाएका हुन् । उनले ट्वीट गर्दै भनेका छन्, नायकको नजरमा कसैलाई तारिफ गर्नु समसइा होइन तर अन्य कलाकारलाई होच्याउनु भने गलत हो । हरेक मानिसहरु काम गर्नका लागि भिन्न भिन्न कुराबाट प्रेरित हुनसक्छन् । सबैको काम गर्ने आफ्नै गती पनि हुन्छ । ’

अभिषेकले यस्तो जवाफ दिएपछि पुनः ती ट्वीटर प्रयोगकर्ताले अभिषेकलाई जवाफ दिएका छन् । ती ट्वीटर प्रयोगकर्ताले अभिषेक बच्चनलाई कोरोना कालको याद दिलाए । यस्तो मुश्किल समयमा धेरैभन्दा धेरै फिल्म रिलिज हुन आवश्यक भएको पनि बताइयो ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘साधारण परिस्थितीमा यो सबैकुरा ठिक छ । तर अब धेरैभन्दा धेरै काम गर्ने बेला आइसकेको छ । कलाकारले आफ्नो स्पिड र टेम्पो बढाउने बेला आइसकेको छ । यसो गर्दा मानिसहरुको आशा त जाग्ने नै छ ।’

अभिषेक चुप लागेको भए सायद यो कुरा यहि नै टुगिंन्थ्यो होला । तर उनी चुप रहन मानेनन् र पुनः ती ट्वीटर प्रयोगकर्तालाई जवाफ फर्काए । उनले भने, ‘धेरै फिल्म गर्नाले लामो समयमा फिल्मी उद्योगलाई नै हानी हुनेछ किनभने गुणस्तरसँग सम्झौता सुरु हुनेछ ।’

यतिबेला अक्षयका फ्यान अभिषेकसँग निकै रुष्ट भएका छन् । धेरैले त अभिषेकले अक्षयको रिस गरेको समेत बताएका छन् । तर अक्षयले भने अहिलेसम्म यसबारे आफ्नो कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्