
बलिउड अभिनेत्री साराअली खान केहीसमय अघि ड्रग्स केसमा फसेकी थिइन् । उनीसँग एनसिबीले सोधपुछ गरेको थियो । सोधपुछमा साराले ड्रग्स लिएको कुनैपनि प्रमाण नभेटिएपछि उनलाई छाडिएको थियो । साराले ड्रग्स नै सेवन नगरेको भएपनि यसले सारालाई निकै हानी भने पर्यो । फ्यानको निकै माया पाइहेकी साराप्रति केही फ्यानले हेर्ने दृष्टिकोण नै बदलिदिए भने सारा फाइनल भैसकेको चलचित्रबाट समेत निकालिइन् ।
साराले ड्रग्स केसमा फसेका कारण नै चलचित्र हिरोपन्ती २ बाट बाहिरिनु परेको छ । हिरोपन्ती बक्सअफिसमा सफल भएको चलचित्र हो । त्यसका कारण हिरोपन्ती २ का लागि दर्शक पनि उत्साहित थिए र सारा पनि । निर्माण टिमले सारासँग कुरा निकै अगाडी बढाइसकेको थियो । उनी चलचित्रमा फाइनल नै भैसकेकी थिइन् । तर पछि निर्माण टिमले सारासँग काम नै नगर्ने बताएपछि चलचित्रको लागि तारा सुतरिया फाइनल भएकी छिन् ।
हिरोपन्ती झैँ हिरोपन्ती २ मा दर्शकको नायकको रुपमा भने टाइगरलाई नै देख्न पाउने भएका छन् ।





