सीताबारे विवादित बयान दिएपछि सैफ विरुद्ध मुद्धा दर्ता…



बलिउड अभिनेता सैफअली खान विवादमा परेका छन् । केहीसमय अघिमात्र उनले आदिपुरुष चलचित्र साइन गरेका थिए । भगवान रामको कथामा आधारित निर्माण हुन लागेको चलचित्रमा सैफ रावणको भूमिकामा देखिने छन् । चलचित्रमा रामको भूमिका प्रभाष र सिताको भूमिका नायिका कृति सेननले निभाउने पक्का भैसकेको छ ।

यहि चलचित्रका कारण सैफ विवादमा तानिएका हुन् ।

एक वकिलले फिल्ममेकर र अभिनेता सैफ अली खानविरुद्ध याचिका दायर गरेपछि विवाद उत्पन्न भएको हो ।

उत्तर प्रदेशको जैनपुर जिल्लाको एक अदालतमा वकिलले याचिका दायर गराएका हन् । यसको सुनुवाई २३ डिसेम्बरमा हुनेछ ।

यसअघि सैफले एक अन्तर्वार्तामा भनेका थिए,‘ लक्ष्मणद्वारा रावणकी बहिनी सुर्पणखाको नाक काटिएको थियो, यसकारण सीताको अपहरण गरिएको थियो, जुन न्यायसंगत हो ।’

त्यसपछि नै सैफ सहित फिल्ममेकर विरुद्ध उजुरी परेको थियो । सैफले एक अन्तवार्तामा आफूले दिएको विवादित बयानलाई लिएर माफी पनि मागेका थिए । तरपनि यो विवाद रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्