कोरियोग्राफर गणेशले घटाए ९८ केजी तौल, कपिल शर्माले भने– ‘तपाईले दुई व्यक्ति नै गायब गरिदिनु भयो त’



गणेश आचार्य बलिउडका निकै चर्चित र नाम चलेका कोरियोग्राफर हुन् । उनले धेरै चलचित्रका गीतमा कोरियोग्राफी गरिसकेका छन् । उनै गणेश आचार्य, गीता कपुर र टेरेन्स लुइस द कपिल शर्मा शो को आगामी हप्तामा पाहुनाको रुपमा आउँदैछन् । उक्त एपिसोडको प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा कपिलले गणेश र गीतासँग निकै मस्ती गरेको देख्न सकिन्छ ।

गणेशले ९८ केजी तौल घटाएका छन् । कपिलले त्यहि कुरालाई बहाना बनाएर गणेशसँग मजाक गरे । कपिलले कार्यक्रमको सुरुवात गर्दै गणेश आचार्यलाई पहिलो प्रश्न सोधे, ‘मास्टर जी, तपाईंले कति तौल घटाउनुभयो रु ’ गणेशले यसको जवाफ दिँदै भने, ‘९८ किलो ।’ यसमा कपिल शर्मा ठट्टा गर्दै भन्छन्, ‘सानो शहरमा एक व्यक्तिको तौल ४५–४६ हुन्छ, तपाईंले त दुई व्यक्तिलाई गायब गरिदिनुभयो त ।’

कपिलको यो मजाकले स्वयम गणेशले आफ्नो हाँसो रोक्न सकेका थिएनन् । कपिल शर्मा शो दर्शकले निकै रुचाएको कार्यक्रम हो । कपिल शर्मा शो लाई उत्कृष्ट बनाउन कपिलले सक्दो मेहेनत गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्