
चर्चित नायिका निता ढुङ्गाना अब भोजपुरी चलचित्र माही मा देखिने भएकी छिन् । निताले भोजपुरी चलचित्रमा काम गर्न लागेको यो पहिलो पटक भने होइन । उनले यसअघि पनि केही भोजपुरी चलचित्रमा काम गरिसकेकी छिन् ।
नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तले यो फिल्म निर्देशन गर्न लागेका हुन् । भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ अभिनित फिल्म ‘निरहुवा चलल लण्डन’ व्यवसायिक रुपमा सफल भएपछि पन्त भोजपुरी स्टारको समेत रोजाइमा पर्न सफल भएका हुन् ।
फिल्ममा नीताका अलावा आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।





