दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिने करिनाको चाहना



बलिउडकी चर्चित अभिनेत्री करीना कपुर दोस्रो पटक आमा बन्दैछिन् । उनले सैफसँग विवाह गरेपछि पहिलो सन्तानको रुपमा सन् २०१६ मा तैमुरलाई जन्म दिएकी थिइन् । तैमुर ४ बर्ष पुरा भैसकेका छन् । दोस्रो सन्तानको रुपमा भने करिना छोरी जन्माउन चाहन्छिन् ।

एकजना छोरा र एकजना छोरी भए आफ्नो परिवार नै पुरा हुने करिनाले सोचेकी छिन् । तैमुर पछिल्लो समयमा सर्वाधिक चर्चा कमाउन सफल स्टारकिड हुन् । यबितेला करिनालाई सामाजिक सञ्जालमा दोस्रो सन्तानको लागि शुभकामना र बधाई पनि दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्