विपिन र बर्षाको ‘जात्रै जात्रा’ युट्युबमा रिलिज, दर्शकले दिए यस्तो प्रतिक्रिया…(भिडियो सहित)



करिब २ बर्ष अघि प्रदर्शनमा आएको चलचित्र जात्रै जात्रा हालैमात्र युट्युबमा रिलिज भएको छ । जात्रै जात्रा ले बक्सअफिसमा निकै राम्रो कमाइ गर्न सफल भएको थियो । हलमा दर्शकबाट अत्याधिक राम्रो साथ पाएको चलचित्रले युट्युबमा पनि दर्शकको राम्रो साथ पाइरहेको छ ।

जात्रै जात्रा ले युट्युबमा रिलिज भएको केही घण्टामै १२ लाख बढी भ्यूज पाइसकेको छ । विपिन कार्की, रबिन्द्र झा, रबिन्द्रसिंह बानियाँ, बर्षा राउत, दयाहाङ राई लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् । चलचित्र हेर्ने अधिकांशले विपिनको अभिनय र चलचित्रको कथावस्तुको खुलेर प्रशंसा गरेका छन् ।

प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्रलाई सिंघे लामाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्