दोहोरी गाउँदा गाउँदै गायिकाले ‘अघोरी बाबा’ भेटाइदेउ भनेपछि…



विगत ४ बर्ष अगाडीदेखि सञ्चालनमा आएको परिवर्तन खबर ले यो भन्दा अगाडी समाचार तथा अन्तवार्ता मात्रै प्रकाशन–प्रशारण गर्दै आएको थियो । तर पछिल्लो हप्ताबाट केही फरक गर्ने मनस्थितिका साथ लाइभ दोहोरी सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय लाइभ दोहोरीको क्रेज बढ्दो रुपमा छ । बालकदेखि वृद्धसम्मले दोहोरी रुचाउन थालेका छन् । अरु दोहोरी र परिवर्तन दोहोरीमा के अन्तर छ भन्दा यस दोहोरीमा शैक्षिक, राजनैतिक, सामाजिक तथा मनोरञ्नात्मक सबै विधालाई समेटेर प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

अबको पछिल्लो भागहरुमा विभिन्न विधाका अथितिहरुलाई पनि सम्मान तथा स्वागत गर्ने जमर्को गर्दै परिवर्तन खबर अघि बढ्दैछ । यस कारण पनि तपाईहरुसँग पनि त्यस्ता केही गायन क्षमता भएका व्यक्तिहरु घरछिमेकमा हुनुहुन्छ भने हामीसम्म ल्याइ पुर्याउन सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गर्दछौँ।

तल दिइएको भिडियो लिंकमा चर्चित गायक रत्न श्रेष्ठ र गायिका सबिता परियारको आवाजमा लाइभ दोहोरी रहेको छ । सुनेर हेरेर कमी कमजोरीहरु औल्याउँदै प्रतिक्रिया दिन नभुल्नुहोला ।

प्रतिक्रिया दिनुहोस्