दर्शकको मन जित्दै ‘नगरी हुन्न’…



प्रत्येक सोमबार राति ७ः२५ बजे नेपाल टेलिभिजनबाट र ८ बजे ओएसआर डिजिडल नामक युट्युब च्यानलमार्फत प्रशारणमा आइरहेको कमेडी टेलिसिरियल नगरी हुन्न ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

गोलमाल नाम सिरियलमा ठेकेदारको नामले परिचित शिवहरी नेपालको निर्देशनमा तयार भएको नगरी हुन्न लाई प्रकाश कुमार स्वर्णकरले निर्माण गरिरहेका छन् । कमेडी जनराको सिरियलमा स्वयम शिवहरी नेपाल, जयनन्द लामा, डोल्मा लामा, रोशनी सापकोटा, अस्मिता बस्नेत, सुमन ज्योति न्यौपाने (ल्याङ्ग्री दादा), रोशन पोखरेल, बन्दना कार्की, बिष्णुहरी रिमाल, ममता खड्का, रबिन दाहाल, सुनिता पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

समाजमा घट्ने गरेका वास्तविक घटनालाई हाँस्यास्पद स्पमा प्रस्तुत गर्नुका साथै यस सिरियलले समाजलाई सकरात्मक रुपबाट दर्शकमाझ चिनाउने कोशिस पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्