केहीसमय अघि विवाह गरेका सञ्चारकर्मी सुरेश दर्पण पोखरेलका दम्पत्तिले वुद्धाश्रममा मनाए विवाह भोज



केहीसमय अघिमात्र बैवाहिक बन्धनमा बाधिँएका चर्चित सञ्चारकर्मी तथा निर्देशक सुरेश दर्पण पोखरेलका दम्पत्तिले आफ्नो विवाह भोज वृद्धाश्रममा मनाएका छन् । अहिले नेपाली समाजमा विवाहपछि भव्य तरिकाले आफ्ना आफन्तलाई बोलाएर रिसेप्सन पार्टी दिने चलन छ । सुरेशका दम्पत्तिले भने वृद्धाश्रममा पुगेर आफ्नो खुसी बाडेका छन् ।

सुरेश र उनकी श्रीमती निशाले पशुपति क्षेत्रमा रहेको समाज कल्याण केन्द्र पुगेर करिब १४० जना वृद्ध बुबाआमाहरुलाई खाना खुवाएका छन् ।

बिबिध कारणले गर्दा आफ्नो परिवारजनबाट टाढा रहन बाध्य बुवाआमाहरुलाई खाना खुवाउन पाउँदा हामी निकै खुशी छौं, निर्देशक पोखरेलले भने, साथीभाई र परिवारजनसँगको भोज भतेरको सट्टा असहाय बुवा आमाहरुलाई खाना खुवाउने यो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरोस् भन्ने आशय हाम्रो हो।

प्रतिक्रिया दिनुहोस्