
यतिबेला सामाजिक सञ्जालमा मनोज गजुरेल र बर्षा सिवाकोटीको विवाहको खबरले निकै नै चर्चा पाइरहेको छ । केहीसमय अघि मनोजले अब आफूले दोस्रो विवाह गर्ने तयारी गरिरहेको बताएका थिए भने यता बर्षाले पनि अमेरिकामा रहेका प्रेमीसँगको तसिबर सेयर गर्दै विवाह गर्ने योजना भएको जानकारी दिएकी थिइन् ।
तर सामाजिक सञ्जालमा यो कुरालाई नराम्रो तरिकाले दर्शकमाझ प्रस्तुत गरियो । केही मिडियाले मनोज र बर्षाले विवाह गर्न लागेको खबर फैलाइदिए । जसले दर्शकमाझ नराम्रो म्यासेज गएको छ । बर्षाले यसबारे आपत्ति जनाएकी छिन् । बर्षालाई कसैले नचाहिने कुरा गरेको पटक्कै मन पर्दैन । यसअघि पनि उनले आफूलाई चित्त नबुझेका कुरा सामाजिक सञ्जाल मार्फत सेयर गर्दै आएकी छिन् । यसपटक पनि उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आक्रोश पोखेकी छिन् ।
केही मिडियाले गलत समाचार प्रशारण गर्दा यसले नेपालको पत्रकारिता क्षेत्रलाई नै बदनाम गरेको उनको तर्क छ। ‘पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सही अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ,’ उनले भनेकी छन्।
बर्षाको स्टाटसमा धेरैले प्रतिक्रिया जनाएका छन् र प्रायले उनको समर्थन पनि गरेका छन् ।
बर्षाको स्टाटस जस्ताको तस्तै-
“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो…





