
केहीदिन अघिमात्र अचानक बिरामी भएपछि बलिउडका चर्चित कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजा अस्पतालमा भर्ना भएका थिए । अचानक उनको स्वास्थ्य बिग्रिएपछि सबैजना निकै आत्तिएका थिए । बलिउडकर्मी तथा रेमोका शुभचिन्तकले उनको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिरहेका थिए ।
भारतीय मिडिया अनुसार हालैमात्र उनको मुटुको अपरेशन भएको छ । उनको स्वास्थ्यमा पनि सुधार भैरहेको जानकारी प्राप्त छ । यसैबिच रेमोकी श्रीमतीले सामाजिक सञ्जालमा सेयर गरेको भिडियोले रेमोका फ्यानहरु निकै खुसी भएका छन् ।
उक्त भिडियोमा रेमो आफ्नो खुट्टालाई संगीतको तालमा नचाइरहेका छन् । भिडियो सेयर गर्दै रेमोको श्रीमतीले लेखेकी छिन्, खुट्टाले नाच्नु एउटा कुरा हो र मनले नाच्नु अर्को कुरा । रेमो डिसुजा…तपाईहरु सबैको प्रार्थना र आर्शीवादका लागि ।





