आगामी पुष १० देखि सञ्चालनमा आउँदै नेपालका सिनेमा हल



कोरोनाको महामारीका कारण गत फागुनदेखि सिनेमा हलहरु ठ्याप्प बन्द भएका छन् । सिनेमा हल दर्शकको सर्वाधिक चाप रहने स्थान भएकाले नेपाल सरकारले हल खोल्नको लागि अनुमति दिएको थिएन । अब भने नेपाल चलचित्र संघले आगामी पुष १० गतेदेखि फिल्म हल खोल्ने निर्णय गरेको छ ।

सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ भने विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्