‘आदर्श विशेष सम्मान’ बाट सम्मानित हुदैँ प्रकाश सपुत



आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बाग्लुङले यो बर्षको आदर्श विशेष सम्मान गायक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । केहीसमय भित्रै हुन लागेको संस्थाको १४ औँ बार्षिक साधारणसभाको अवसरमा गायक सपुतलाई सम्मान गर्ने तयारी भैरहेको छ । प्रकाशलाई २५ हजार नगदसहित सम्मान गरिने संस्थाले जानकारी दिएको छ ।

जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सपुतलाई लोकसङ्गीतको उत्थानमा पुर्याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्