

बलिउडमा केहीसमयदेखि ड्रग्स केसले निकै चर्चा पाइरहेको छ । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा ड्रग्स केसबारे छानबिन हुन थालेको हो । ड्रग्स केसबारे छानबिन हुन थालेपछि यसमा बलिउडमा थुप्रै कलाकारहरु मुछिसकेका छन् । यसैबिच ड्रग्स केसमा सलमानको परिवार पनि मुछिएको भारतीय मिडियाले जनाएको छ ।
हालैमात्र मुम्बई प्रहरीले सलमानका भाई अरबाजका मेकअप आर्टिस्टलाई कोकिनसहित पक्राउ गरेको छ ।
नारकोटिक्स कन्ट्रोल ब्यूरो सूत्रका अनुसार सुरजको साथबाट ११ ग्राम कोकिन बरामद भएको छ । सुरज अरबाज खान प्रोडक्सनका मेकअप विभागका प्रमुख थिए । यसका अलावा उनी वरुण शर्माका हेयर स्टाइलिस्ट पनि रहिसकेका छन् । सूत्रका अनुसार अब एनसीबीले अरबाज र बरुणलाई पनि सोधपुछका लागि बोलाउन सक्छ ।