
बलिउड नायिका कृति सेननले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन् । उनले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको र हाल होम आइसोलेसनमा रहेको जानकारी दिएकी छिन् ।
कृति केहीसमय अघि चलचित्रको छायांकनको लागि चन्डीगढ पुगेकी थिइन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी तुरुन्त मुम्बई फर्किएकी हुन् ।
कृती अर्को बर्षसम्मका लागि पूर्ण रुपमा व्यस्त रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीसँग आधा दर्जन प्रोजेक्ट छन् । कृतीले आफू बीएमसी र डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्ने भन्दै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।





