
बलिउडकी चर्चित नायिका जुही चावलाले हालैमात्र सामाजिक सञ्जाल मार्फत आफ्नो हिराको झुम्का एयरपोर्टमा हराएको जानकारी दिएकी छिन् । जुहीले आफ्नो झुम्का भेट्नेलाई राम्रो इनाम दिने घोषणा नै गरिसकेकी छिन् ।
जुहीले आफ्नो ट्वीटमा भनेकी छिन्, ‘बिहान म मुम्बई एयरपोर्टको गेट नम्बर ८ मा जाँदै थिएँ । इमिरेट्स काउन्टमा मैले चेक इन गरेँ, सेक्युरिटी चेक भयो तर बीचमा कतै मेरो हिराको झुम्का खस्यो ।
जुहीले थपिन्, ‘यदि कसैले मेरो मद्दत गर्न सक्नुभयो भने मलाई निकै खुसी लाग्नेछ । तपाईंले प्रहरीले खबर गरिदिनुहोस्, म तपाईंलाई इनाम दिनेछु । यो मेरो म्याचिङ पिस हो जसलाई मैले विगत १५ वर्षदेखि लगातार लगाइरहेकी छु । कृपया खोज्न मेरो मद्दत गर्नुहोस् ।’
जुहीले पोष्टमा आफ्नो हिराको झुम्काको फोटो समेत सार्वजनिक गरेकी छिन् ।





