कुटनीतिक पहल आवश्यक राजा ज्ञानेन्द्र शाह आफू सँग भएको सहमति र सम्झौता बारे रहस्य खोल्न चुप किन ?



राकेश कुमार शर्मा, अन्तर्राष्ट्रिय स्तरमा तत्काल श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहले आफू संग भएको सहमति र सम्झौता बारे रहस्य खोल्ने समय आएको छ ।

कुटनीतिक पहल आवश्यक राजा ज्ञानेन्द्र शाह चुप किन रु राजा ज्ञानेन्द्र शाहले तत्काल अन्तर्राष्ट्रिय स्तरमा आफू सँग भएको सहमति र सम्झौता बारेको रहस्य पर्दाफास गर्ने समय आएको छ । अब राजा ज्ञानेन्द्र शाहले रहस्य बारे मुख खोल्नुपर्छ । राजा ज्ञानेन्द्र शाहले वास्तविकता र सत्य तथ्य बारे पर्दाफास गर्नुपर्छ ।

विक्रम सम्वत २०४७ सालको संविधान जीवित छ । राजा ज्ञानेन्द्र शाहले नेपाली जनताहरुले पुनः राजगद्दीमा ल्याएर राख्लान भन्ने भ्रममा नपर्नु होला भन्ने मेरो आग्रह छ । मुलुकमा जनताहरु छन भन्ने कुरामा भर पर्नु भयो भने सय वर्षमा पनि नेपालमा राजसंस्था फर्कन्न हाम्रो मुलुक नेपालमा वास्तविक जनताहरु नै छैनन । राजनीतिक पार्टीका कार्यकर्ताहरु छन । राजाले यसरी सजिलैसँग सत्ता छोडेको इतिहास नेपाल बाहेक कतै पनि छैन ।

मुलुकमा जनताहरु भएको भए पो राजाको महत्त्व र योगदानलाई कदर गर्थे ? राजाको पालामा मालपोत तिर्नु पर्दैन थियो । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई एकीकृत सम्पत्ति कर तिर्नु पर्दैन थियोे । सांसदहरूको संख्या अधिकतम २०५ भन्दा बढी थिएन ।

अहिले संघीय संसद र प्रदेश संसद गरी ८८४ जना सांसदहरूको संख्या छ । मुलुकमा जनताहरु भए पो यी कुराहरू समझमा अर्थात दिमागमा आउँथ्यो ? राजाको परिवारहरुले खाएको सहन भएन तर अहिले ८८४ जना सांसदहरूले राज्यकोष ढुकुटी ब्रहम्लुट गरेको कसैले देख्दैनन ? मुलुकमा जनताहरु भए पो ?

राष्ट्रिय बजेटको अभावमा पनि राजा महेन्द्र संग चेतना, दुरदृष्टि र दुरदर्शिता थियो । मुलुकमा पाँच विकास क्षेत्र, राष्ट्रियसभा गृह, प्रज्ञा प्रतिष्ठान, खुलामञ्च, टुंडिखेल, दशरथ रङ्गशाला, एयरपोर्ट, पूर्वपश्चिम जोडने राजमार्ग, चीन जोडने अरनिको राजमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग, विश्वविद्यालयको नाममा बल्खुको डाँडाको जग्गा छुट्टयाइएको, चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिघा जग्गा छुट्टयाइएको, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिंग अस्पताल, राष्ट्रिय नाचघर, प्राविधिक शिक्षालयहरु, प्रदर्शनी मार्ग, क्याम्पसहरू, ट्रलीबस, रोपवेहरु, औलो उन्मूलनदेखि पुनर्वाससम्मका विशाल योजनाहरु र आयात निर्यातमा सहज हुने गरी विराटनगर लगायतका औद्योगिक क्षेत्रमा करिडोर आदि आदि जस्ता मुलुकमा भएका थुप्रै ठाउँहरु राजा महेन्द्र कै देन हो । मुलुकमा जनताहरु भए पो यी सबै कुराहरू बुझ्ने थिए ? मुलुकमा छोटो मानसिकता र अबुझहरुको झुंड छ ।

राजा ज्ञानेन्द्र शाह ज्यु लाई मेरो सुझाव र सल्लाह हाम्रो मुलुकमा जनताहरु छन र जनताहरुले राजगद्दीमा बसाली देलान भन्ने भ्रममा पर्नु भयो भने सय वर्षमा पनि मुलुकमा राजसंस्था फर्कन सक्दैन असम्भव छ किनभने नेपालमा वास्तविक जनताहरु नै छैनन । राजा ज्ञानेन्द्र शाहले राजदरबार छोडनु भन्दा पहिले पत्रकार सम्मेलन मार्फत दिएको संदेशको दृश्य हेर्ने हो भने नियम, ऐन र कानुन बमोजिम विक्रम सम्वत २०४७ सालको संविधानको अन्त्य भएको छैन ।

विक्रम सम्वत २०४७ सालको संविधान जिवित छ । यसकारण राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूका नेताहरूलाई जिम्मा दिएको नासो तत्काल कुटनीतिक प्रयास मार्फत फिर्ता लिने समय आइसकेको छ । यसकारण अन्तर्राष्ट्रिय स्तरमा राजा ज्ञानेन्द्र शाहले आफू संग भएको सहमति र सम्झौता बारे तत्काल मुख खोल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्