कोरोना पिडितको लागि शाहरुखले गरे यति ठूलो सहयोग, फ्यानले गरे खुलेर प्रशंसा



बलिउडका बादशाह शाहरुख खान अभिनयमा मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहने गरेका छन् । कोरोनाको महामारीको समयमा उनले समस्यामा परेका थुप्रैको उद्धार गरेका थिए । कहिले नगद त कहिले खाद्यान्न दिएर उनले सहयोग गरिरहेका थिए । हालैमात्र पनि उनले कोरोना पिडितको लागि निकै ठूलो सहयोग गरेका छन् ।

हालै उनले कोरोनाभाइरस प्रभावितका लागि ५०० रेम्डेसिभिर खोप दान गरेका छन् । रेम्डेसिभिर कोरोना उपचारका लागि अमेरिकाको ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन’ले अनुमोदन गरेको पहिलो औषधि हो ।
शाहरुख खानले आफ्ना मीर फाउन्डसन नामक संस्थामार्फत ती खोप प्रदान गरेका हुन् ।

यतिबेला सामाजिक सञ्जालमा फ्यानले शाहरुखको निकै नै तारिफ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्