
यतिबेला सामाजिक सञ्जालमा बलिउडकी सर्वाधिक चर्चित नायिका सन्नी लियोनीको निकै चर्चा भैरहेको छ । हालै बिहारका एक छात्रले आफ्नो कलेजको फारम भर्ने बेला आमाको नाम सन्नी लियोनी लेखेको एक तस्बिर सामाजिक सञ्जालमा एकाएक भाइरल भयो । अचम्मको कुरा त के छ भने उनी आमा सन्नी लियोनी बताए भने बुबाको नाम इमरान हाशमी लेखिदिए ।
बिहारको मुजफ्फरपुरका एक विद्यार्थीको कलेज फारम सोसल मिडियामा यत्रतत्र पाइए । बीआरए बिहार विश्वविद्यालयको स्नातक तहमा पढ्ने विद्यार्थीले यस्तो फन्डा गरेका हुन् ।
खबर भाइरल भएपछि इमरान हाशमीले ट्वीट गरेर आफ्नो प्रतिक्रिया दिएका थिए । अब यसमा सन्नी लियोनीको प्रतिक्रिया पनि आएको छ । सन्नीले यसबारे एक समाचार पोस्ट गर्दै प्रतिक्रिया दिइन्, ‘यो बच्चा शानदान छन् । यति ठूलो सपना देख्ने यो उनको आफ्नै तरिका हो । हाहाहा।।’
यबितेला प्रहरीले ती युवकको अनुसन्धान गरिरहेको छ ।
स्मरण रहोस्, यसअघि गत अप्रिलमा सनी लियोनीको नाम कोलकाताको आशुतोष कलेजको भर्ना सूचीमा पनि आएको थियो ।





