‘डान्सिङ विथ दि स्टार्स’ बाट बाहिरिए उमेर (फुलन्देको आमा), फाइनलमा पुगे यी ३ जोडी…



डान्सिङ विथ दि स्टार्स नेपाल पछिल्लो समयमा दर्शकले सर्वाधिक रुचाएको रियालिटी शो हो । १२ जना स्टार्स प्रतिस्पर्धीहरुबाट सुरु भएको डान्सिङ विथ दि स्टार्स नेपाल अब फिनालेको अन्तिम चरणमा रहेको छ । अब शो मा मात्र ३ जना प्रतिस्पर्धीहरु बाकीँ रहेका छन् ।

गएराति प्रशारित एपिसोडबाट उमेश राई (फुलन्देको आमा) र उनका कोरिया पार्टनर प्रमोद भण्डारीले डान्सिङ विथ दि स्टार्स को मञ्चबाट बिदा भएका छन् । डान्सिङ विथ दि स्टार्स को उत्कृष्ट ४ सम्म पुग्न उमेशलाई पक्कै पनि सजिलो थियो । आफ्नो कडा मेहेनत र दर्शकको भोटले गर्दा नै उनी उत्कृष्ट ४ सम्म आइपुगेका हुन् । भोट कम कारण उनले फिनालेमा आफ्नो स्थान बनाउन सकेनन् ।

डान्सिङ विथ दि स्टार्स को उत्कृष्ट ३ अर्थात फाइनलमा ३ जोडी पुग्न सफल भएका छन् । नेपाल आइडल विजेता बुद्ध लामा र उनकी कोरिया पार्टनर केविका खत्री, मोडल तथा नायिका सुमी मोक्तान तथा उनका कोरियो पार्टनर भिजु पार्की र मोडल तथा कलाकार प्रियाना आचार्य (मुन्नी) तथा उनका कोरियो पार्टनर सुभम भुजेलले फिनालेमा आफ्नो लागि ठाउँ सुरक्षित गर्न सफल भएका छन् ।

अर्को हप्ता डान्सिङ विथ दि स्टार्स को ग्राण्ड फिनाले हुदैँछ । अब बाकिँ रहेका जोडीहरुको लागि दर्शकको भोटको अत्यन्तै आवश्यकता रहेको छ । दर्शकको भोट सबैभन्दा बढी जसले पाउँछ त्यो नै डान्सिङ विथ दि स्टार्स को विजेता बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्