
आज नेपाली चलचित्र जगतकी सर्वाधिक चर्चित अभिनेत्री बर्षा राउतको जन्मदिन रहेको छ ।
म्यूजिक भिडियोमा आफ्नो बलियो स्थान बनाइसकेपछि चलचित्र नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र जगतमा भित्रिएकी बर्षाले पहिलो चलचित्रबाट नै निकै सफलता पाइन् । अहिले बर्षालाई चलचित्र गर्न भ्याई नभ्याई छ । साथै उनी म्यूजिक भिडियोमा पनि व्यस्त नै छिन् ।
आज बर्षाको जन्मदिन भएकाले सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ । उनलाई विभिन्न चलचित्रकर्मी र फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि बर्षालाई जन्मदिनको धेरै धेरै शुभकामना ।





