अर्पाटमेन्टमा मृत्य अवस्थामा भेटिइन् यी अभिनेत्री…



३३ बर्षिया बंगाली अभिनेत्री आर्या बेनर्जीको कोलकलास्थित आफ्नो निवासमा शव भेटिएको छ । उनको मृत्यु शंकास्पद भएको प्रहरीले जनाएको छ । हाल प्रहरीले यसबारे छानबिन भैरहेको पनि बताएको छ ।

खबर पाउनासाथ प्रहरीले तेस्रो तल्लमा रहेको अभिनेत्रीको अपार्टमेन्टको ढोका फोडेर भित्र पस्दा उनी मृत अवस्थामा भेटिएकी थिइन् । प्राप्त जानकारी अनुसार उनी आफ्नो अर्पाटमेन्टमा एक्लै बस्दै आएकी थिइन् । उनले केही खाना वान्ता गरेर भुइँमा उत्तानो परेर लडिरहेको प्रहरीले बताएको छ ।

उनको वरिपरी रगतका छिटाहरु पनि देखिएका छन् । मृत्युको वास्तविक कारण पोष्ट मार्टमपछि मात्र थाहा हुनेछ । तर उनको मृत्यु शंकास्पद भएको प्रहरीले अनुमान लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्