आम मानिसलाई सहयोग गर्नको लागि बलिउडका चर्चित अभिनेता सोनु सूदले लिए १० करोड ऋण



पछिल्लो समयमा बलिउडमा सर्वाधिक चर्चा कमाउँदै गएका अभिनेता हुन्, सोनु सूद । उनको चर्चा उनले गरेको फिल्मका कारण नभई निरन्तर गरेको सामाजिक कार्यको कारण बढी भएको हो । उनलाई आजभोली भारतका जनताले रियल हिरो समेत भन्ने गरेका छन् ।

कोरोनाको महामारकिो समयमा सोनुले धेरैको उद्धार गरेका थिए । उनको समाजसेवाको काम अझै नै जारी छ । कसैले सहयोग मागेमा उनले तुरुन्त सहयोग गर्ने गरेका छन् । सोनुले दुखमा परेकालाई निरन्तर सहयोग गरिरहेका छन् । तर उनले कसरी गरेका छन् त्यो कमैलाई थाहा हो ।

सोनूले भारतका जनताको सेवा गर्नको लागि १० करोड ऋण लिएका छन् । भारतीय मिडियाले बताए अनुसार सोनूले आफ्नो ८ वटा प्रोपटी बैंकमा राखेर ऋण लिएका हुन् ।

जुहु इलाकामा रहेको विभिन्न प्रोपर्टी उनले बैंकमा धितो राखेका हुन् । सोनु र उनको श्रीमतीको नाममा रहेको सम्पत्ती धितो राखिएको हो । उनले लिएको ऋणको मासिक ब्याज समेत तिर्नुपर्नेछ । यो बिषयमा सोनुले भने आधिकारिक रुपमा केही पनि बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्