अमेरिकाले दियो फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति



काठमाडौं । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडिएले फाइजर र बायोएनटेकले बनाएको कोरोनाभाइरसविरुद्ध खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

ट्रम्प प्रशासनले पहिलादेखि नै एफडिएलाई खोप अनुमतिको लागि दबाव दिएको बताइएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार एफडिएका प्रमुख स्टेफन हानलाई शुक्रबारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको थियो।

अमेरिकी स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमबार वा मंगलबारदेखि खोप कार्यक्रम सुरू गर्ने बताएका छन्।

फाइजरको खोपलाई बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ । अमेरिकामा कोरोनाले पौने तीन लाख बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्