सच्चा देशभक्त हुनु नै श्री ५ हिमानी सरकार हजुरहरुका लागि अभिशाप ठहर र सत्ता छोडनुपर्छ



राकेश कुमार शर्मा, श्री ५ हिमानी सरकार मैले पटकपटक भन्दै आएको छु । सच्चा देशभक्त हुनु नै श्री ५ हिमानी सरकार हजुरहरुका लागी अभिशाप ठहर र सत्ता छोडनुपर्ने अवस्था आएको हो । श्री ५ हिमानी सरकार हजुरहरु कहिले सम्म देशभक्त बन्ने ? राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर सम्भव छ ? राजनीतिक दलका नेताहरू र जनताहरु कसैलाई पनि राष्ट्रियता संग सरोकार छैन ।

तीन करोड जनताहरु मध्ये अपवादको रूपमा श्री ५ हिमानी सरकार हजुरहरु जस्तै दशबीस हजार देशभक्त होलान बाँकी सबै राजनीतिक दलहरूका कार्यकर्ताहरु मात्र छन । श्री ५ हिमानी सरकार हजुरहरुले मेरो यो यथार्थ कुराहरूलाई राम्ररी मनन गर्नुपर्ने र बुझ्नुपर्ने हो ।

श्री ५ हिमानी सरकार ज्यु, चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री के पी शर्मा ओलीलाई बालुवाटारमा २०७७ साल मंसिर ०२ गते मंगलवारको दिन गोप्य भेटवार्ता भएको कुरा संचार माध्यम बाट थाहा भयो र केही दिन पहिले ञरअझ का प्रमुख सामन्त गोयलले प्रधानमन्त्री के पी शर्मा ओली, प्रचण्ड र माधव कुमार नेपाल लगायत शीर्ष नेताहरू संग भेटघाट भएको कुरा संचारमाध्यम मार्फत अवगत भएको थियो ।

के पी शर्मा ओली, प्रचण्ड, बाबुराम भट्टराई, माधव कुमार नेपाल, झलनाथ खनाल, शेर बहादुर देउवा र राजनीतिक दलहरुका नेताहरूको सामन्ने श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव परिवार कुटनीतिकमा शुन्य नै हो किन ?

श्री ५ हिमानी सरकार प्रचण्डले मुलुक नै ध्वस्त पारे सत्र हजार भन्दा बढी पचासौं हजार सर्वसाधारण नागरिकहरुको हत्या गरे र के पी शर्मा ओलीले लिपुलेकको नक्शा जारी गर्दा मुर्ख जनताहरु र कार्यकर्ताहरुले वाहवाह गरे, दिप प्रज्वलन गरे र हर्षोउल्लासका साथ खुशीयाली मनाए ।

के पी शर्मा ओलीले एक्कासी पाठ्यक्रम बाट नक्शा हटाउन भन्दा पार्टीका कार्यकर्ताहरु अन्धभक्त जनताहरु कसैले विरोध सम्म गरेनन । राष्ट्रवादको ठुल ठुला गफ र नाराहरु कहाँ गए ? अझ यस विषयमा प्रतिपक्षले के बोल्नु भागबन्डामा सबैको बराबरको मिलोमतो छ । यसकारण मुलुकमा प्रतिपक्ष नै छैन ।

कुटनीतिकमा शुन्य र सच्चा देशभक्त हुनु नै श्री ५ हिमानी सरकार हजुरहरुका लागि अभिशाप ठहर हुन गयो । राजनीतिक दलहरूका नेताहरू, राजनीतिक दलका कार्यकर्ताहरु र जनताहरु कसैलाई पनि राष्ट्रियता संग सरोकार छैन ।

श्री ५ हिमानी सरकार हजुरहरु मात्र देशभक्त भएर सम्भव छ ? श्री ५ हिमानी सरकार हजुरहरुले मनन गर्नुपर्ने र बुझ्नुपर्ने यथार्थ कुरा यही हो । राजा ज्ञानेन्द्र शाहलाई धेरैजसोले व्यापारी पनि भन्ने गर्छन व्यापारीलाई कुटनीतिक र मुलुक कसरी चलाउनुपर्छ भन्ने के थाहा कुराहरू समय समयमा सुनिन्छ ।

श्री ५ हिमानी सरकार देशभक्त भएको कारण नै श्री ५ महेन्द्र शाह, मदन भण्डारी, जीवराज आस्रित, श्री ५ बिरेन्द्र शाह वंशको हत्या भएको र राजा ज्ञानेन्द्र शाहले नासो जिम्मा लगाउनुपर्ने परिस्थिति आएको हो । श्री ५ हिमानी सरकार हजुर हरुले मनन गर्नुपर्ने र बुझ्नुपर्ने यथार्थ कुरा यो पनि हो ।

श्री ५ हिमानी सरकार राजा ज्ञानेन्द्र शाह आफैमा एउटा शक्ति भएकोले तत्काल राजा ज्ञानेन्द्र शाहले सीधै सत्ता हस्तक्षेप, सत्ता कब्जा गर्ने, सत्ता खोस्ने अर्थात अब ञकुझ गर्ने हो ।

श्री ५ हिमानी सरकार श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवले समय समयमा वक्तव्य र संदेश मार्फत राजनीतिक दलहरूका नेताहरूलाई चेतावनी दिंदै र खबरदारी गर्दै आएकोमा अब राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूका नेताहरूलाई चेतावनी र खबरदारी गर्ने होइन अबको बाटो राजा ज्ञानेन्द्र शाहले तत्काल ञकुझ गर्नुपर्ने हुन्छ ।

श्री ५ हिमानी सरकार अब श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवले विक्रम सम्वत २०४७ सालको संविधान बमोजिम नै राजा ज्ञानेन्द्र शाहले सीधै सत्ता हस्तक्षेप, सत्ता कब्जा गर्ने अर्थात अब सत्ता खोस्ने हो ? मुलुकको लागी राजा आफैमा एउटा शक्ति हो ।

श्री ५ हिमानी सरकार मुलुकमा राज्यकोषबाट ढुकुटी रित्तै भएको अवस्था छ । राजा ज्ञानेन्द्र शाहले केही समयका लागि विश्राम लिए पश्चात राजनीतिक दलहरूको नेताहरूको कारण आजसम्म मुलुकले निकास पाउन सकेको छैन । मुलुकमा जताततै झनै विकृति, बेथिति, अराजकता, ढण्डहीनता बढदै गएको र मुलुकमा लथालिङ्ग अवस्था छ ।

श्री ५ हिमानी सरकार म जाबो साधारण नागरिकले सत्ता कब्जा गर्न आँट र हिम्मत देखाउन सक्छु भने ? आँट, हिम्मत, साहस र शक्ति भएका राजा ज्ञानेन्द्र शाह चुप किन ? आफ्नो वंश नवयुवराज हृदयेन्द्र शाहको लागी भएपनि राजा ज्ञानेन्द्र शाहले तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्