प्रकाश सुवेदीको अभिव्यक्ति पछि नायिका स्वस्तिमाले भनिन् : ‘बरु बुढा बोकेर हिँडिन्छ, तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ सरी ल !



काठमाडौं । सवैको मन पर्ने कार्यक्रम रजतपट , आजभोलि भने प्राय विवादमा आइनै रहन्छ । सञ्चारकर्मी प्रकाश सुवेदीको रजतपट पछिल्लो पटक भने नायिका स्वस्तिमा खड्का तानिएकि छिन् ।

रजतपट कार्यक्रमको पछिल्लो श्रृङखलामा प्रस्तोताले नेपाली कलाकारहरु कामविहीन भएको कुरा उठाउँदै स्वस्तिमा खड्कालाई इंगित गर्दै अभिव्यक्ति दिएका छन् । उनले भनेका छन् । कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्प बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियोउ, त्यति व्यस्त थिए कलाकार । डेट दिने गाह्रो अहिले त कामधाम छन, बुढो बोक्यो हिँड्यो ।

प्रकाशको यस्तो अभिव्यक्तिपछि नायिका स्वस्तिमाले श्रीमान् निश्चल बस्नेतलाई बोकेको छोटो भिडियो राखिएको छ ।

यसमा स्वस्तिमाले प्रतिक्रिया दिएकी छिन् । आफ्नो आधिकारिक फेसबुकमा उनले बिहिबार राती लेखेकी छिन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ । रजतपत’ उनको स्ट्याटस जस्ताको त्यस्तैः

यस्तै स्वस्तिमाका श्रीमान् निश्चल बस्नेतले पनि यसबारे फेसबुकमा स्ट्याटस लेखेका छन् ।

उनी भन्छन्, ‘‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्न ल, भन्छे मेरी बुढी त ’

रजतपट कार्यक्रममा प्रस्तोताले नेपाली चलचित्रका अभिनेत्रीहरुलाई लक्षित गर्दै विवादित टिप्पणी गर्ने गरेका छन् ।

यसअघि अभिनेत्री पूजा शर्माको शारीरिक स्वरुपबारे उनले विवादित बयान दिएका थिए । आफूप्रति गरिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पूजाले नेपाल चलचित्र कालकार संघ, महिला आयोग र प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्