सनी देओलले माधुरी दिक्षितसँग एउटा मात्र फिल्म गर्नुको यस्तो छ रहस्य !



माधुरी दिक्षित जब आफ्नो करियरको शिखरमा थिइन् तब सनी देओलको नाम पनि बलिउडका शीर्ष स्टारमा गनिन्थ्यो । यति हुँदाहुँदै पनि उनीहरुले नायक–नायिकाको रुपमा एउटा मात्रै फिल्ममा सँगै काम गरे ।

फिल्मको नाम थियो ‘त्रिदेव’ जुन सुपरहिट भएको थियो । राजीव रायद्वारा निर्देशित यो फिल्ममा सनी–माधुरीमाथि एउटा गीत ‘मे तेरी मोहब्बत मेँ’ छायांकन गरिएको थियो ।

आखिर के कारण थियो कि सनी र माधुरीले एउटा मात्रै फिल्ममा अभिनय गरे । उनीहरु बीच कुनै प्रकारको मतभेद पनि छैन । दुबै आफ्ना राम्रो स्वभावका लागि परिचित छन् ।

त्यो समयमा माधुरी दीक्षितको जोडी अनिल कपुरसँग निकै रुचाइएको थियो । माधुरीले आफ्नो करियरमा सर्वाधिक फिल्म अनिल कपुरसँग गरेकी थिइन् ।

अनिल र सनी देओल आपसी प्रतिद्वन्द्वी थिए । अनिलका भाइ बोनी कपुरले निकै धुर्त तरिकाले आफ्नो भाइको करियर अघि बढाए । उनले त्यतिबेलाकी चर्चित हिरोइन श्रीदेवी र माधुरीसँग अनिलको जोडी जमाइदिए । माधुरी र अनिलका सेक्रेटरी पनि एकै थिए ।

जो निर्माताले माधुरीलाई साइन गराउँथे ती सेक्रेटरीले हिरोको नाममा अनिलको नाम सुझाउँथे वा बोनीलाई फलानो निर्माताले माधुरीलाई लिएर फिल्मको योजना बनाउँदैछन् है भनेर जानकारी दिन्थे । बोनीले ती फिल्ममा अनिललाई फिट गराउँथे ।

यसरी नायिकाको काँधमा सवार भएर अनिलले सफलता हात पारे । सनी देओल पनि ठूला कलाकार थिए त्यसैले माधुरीसँग सनीले कुनै पनि फिल्ममा साइन नगरुन् भनेर प्रयास पनि गरियो ।

प्रतिक्रिया दिनुहोस्