२८ बर्षकी यी नायिकाले गरिन् आत्महत्या, होटलको कोठामा यस्तो अवस्थामा भेटियो शव…



बलिउडबाट फेरि अर्को दुखद अबर आएको छ । तमिलमा आफूलाई स्थापित गरिसकेकी नायिका तथा भिजे चित्राले आत्महत्या गरेकी छिन् । मात्र २८ बर्षकी चित्राले के कारणले आत्महत्या गरिन् भनेर यतिबेला प्रहरीले छानबिन गरिरहेको छ ।

भारतीय मिडिया अनुसार उनले नसरपेटको एक होटलमा पासो लगाएर आत्महत्या गरेकी हुन् । होटलको कोठामा उनको शव भेटिएको हो । केहीदिन अघिमात्र चित्राले चेन्नईका चर्चित व्यापारीसँग इन्गेजमेन्ट समेत गरेकी थिइन् ।

एक रिपोर्टका अनुसार इवीपी फिल्म सिटीमा सुटिङ गरेपछि चित्रा राती करिब साढे २ बजे होटल फर्किएकी थिइन् । उनी होटलमा आफ्ना प्रेमीसँग बसिरहेकी थिइन् । प्रहरीलाई दिएको बयानमा हेमन्तले भने, ‘होटल आएपछि चित्राले आफू नुहाउन जान लागेको बताइन् तर धेरै बेरसम्म उनी बाहिर आइनन्, न नै ढोका ढक्ढकाउँदा उनले कुनै प्रतिक्रिया दिइन् । त्यसपछि मैले होटलका कर्मचारीलाई यसबारे जानकारी दिएँ र उनको डुप्लिकेट साँचोले ढोका खोल्दा उनको शव झुण्डिएको अवस्थामा भेटियो । ’

प्रतिक्रिया दिनुहोस्