गर्भवती अवस्थामा अनुष्कालाई योग गराउँदै श्रीमान विराट कोहली



बलिउडकी सर्वाधिक चर्चित अभिनेत्री अनुष्का शर्मा आमा बन्दैछिन् । केहीसमय अघि उनले र उनका श्रीमान अर्थात भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले यसबारे जानकारी दिएका थिए । अनुष्का केहीसमय देखि चलचित्रमा देखिएकी पनि छैनन् । अनुष्काले यतिबेला विशेष ध्यान आफ्नो स्वास्थ्यलाई दिइरहेकी छिन् ।

हालैमात्र सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । जहाँ अनुष्का योग गरिरहेको अवस्थामा देखिएकी छिन् । तस्बिरमा उनका श्रीमान विराट कोहलीले उनलाई योग गराएको देख्न सकिन्छ । उक्त भिडियो अनुष्का स्वयमले सामाजिक सञ्जालमा सेयर गरेकी हुन् ।

भिडियोमा फ्यानले मुक्तकण्ठले अनुष्का र विराटको प्रशंसा गरेका छन् भने उनीहरुलाई बधाई पनि दिइहरेका छन् । अनुष्काले बच्चा जन्मेपछि पनि आफूले चलचित्रमा निरन्तर काम भने गर्ने जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्