विवाहपछि तस्बिर सार्वजनिक गर्दै स्वेताले भनिन, ‘मैले सिउँदोमा सिन्दुर भरेँ’



अभिनेत्री स्वेता खड्काले हिजोमात्र धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी छिन् । उनले विवाहका केही तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा मनछुने स्टाटस लेखेकी छिन् ।

स्वेताले आफूले नयाँ जीवन सुरु गरेसँगै सबैको साथ र आर्शीवादको भने जरुरत रहेको बताएकी छिन् । सामाजिक संजालमा बिबाहका तस्वीर शेयर गर्दै स्वेता लेख्छिन्–‘मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेँ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ ।’

स्वेताले बिहेमा सजिएको बिहेको मण्डप जस्तै माझी टोललाई सझाँउन बाँकी रहेको पनि उल्लेख गरेकी छिन् । स्वेता अगाडि लेख्छिन्–‘मैले थालेका व्यवसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागि पर्नुछ ।’

फ्यानले स्वेताको नयाँ जीवनको लागि उनलाई शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि स्वेतालाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना तथा बधाई ।

प्रतिक्रिया दिनुहोस्