

नायिका बर्षा सिवाकोटी करिब १ बर्षदेखि सविन जंग थापाको प्रेममा छिन् । तर बर्षाले यो कुरालाई कहिल्यै पनि स्वीकार भने गरिनन् । बर्षाले सविनसँगको प्रेम लुकाउँदै आएकी थिइन् । केहीसमय अघि बर्षा सविनलाई भेट्न अमेरिका समेत पुगेकी थिइन् । अहिले भने बर्षाले खुलेर आफ्नो प्रेम सार्वजनिक गरेकी छिन् ।
अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो । यसपछि, उनीहरुविच कुराकानी हुदै गयो ।
कसले पहिले प्रेम प्रस्ताव राख्यो त, वर्षा भन्छिन्–‘हामीले प्रेम प्रस्ताव नै राखेका छैनौ । कुराकानीका क्रममा एक अर्कासँग नजिक भयौं । मायाको अनुभुती हुन थाल्यो ।’
बर्षाले अहिले नै विवाहको योजना भने नरहेको बताएकी छिन् । बर्षाले २ बर्षभित्र विवाह गर्ने योजना रहेको जानकारी दिएकी छिन् ।