राजावादीहरुको संगठनहरु र पार्टीहरुमा एकताको कमी ?



राजाको पक्षमा रहेका संगठनहरु, पार्टीहरु र राजावादीहरु मंसिर २० गते काठमाडौको आन्दोलनमा एकत्रित भएको देखिएन ।

राजावादीहरुको कमि कमजोरीको कारण नै राजसंस्था गएको हो । प्रायःजसो राजावादी संगठनहरु र पार्टीहरूमा एकता छैन विभाजित छन किन ?

श्री ५ महाराजाधिराजको सन्देश भनि बजारमा आएको सन्देश श्री ५ महाराजाधिराजको नभएको श्री ५ महाराजाधिराजका संवाद सचिव डा।फणी पाठकले जनाउनु भएको छ । कुनै नक्कली फेसबुकको लेखनलाई सुरेश आचार्य जस्तो दरबारमै सह- सचिबको रूपमा कार्य गरि सक्नु भएको ब्यक्तिबाट सार्बजनिक रूपमा भ्रम फैलाउने कार्य हुनु दुखस्द र खेदपूर्ण छ ।

श्री ५ महाराजाधिराजको आधिकारिक सन्देशहरू संवाद सचिव डा। फणी पाठक मार्फत मात्रै आउने गरेको छ । उज्यालो नेपाल अन्लाईन समाचार हेरेर म राकेश कुमार शर्मालाई थाह भयो । मेरो भनाइ के छ राजा ज्ञानेन्द्र शाहको संवाद सचिव डा.फणी पाठकले राजदरबारको नै पुर्व सह सचिव सुरेश आचार्यको कुरा खण्डन गरेको देखियो ।

राजदरबारको एउटा सचिवले अर्को सह सचिवको कुरा खण्डन गर्नु भनेको सचिव र सह सचिव बीच मेलमिलाप नभएको कुरा स्पष्ट छ । यसले कहिँ कतै राजा ज्ञानेन्द्र शाहको निर्मल निवास भित्र गुट उपगुटहरु विभाजित रहेको र निर्मल निवास भित्र नै खराबी अर्थात केहि न केहि गडबडी छ भन्ने कुरा दर्शाउँछ । नारायणहिटी राजदरबार भित्र पनि गुट उपगुटहरु विभाजित रहेकोे, गडबडी र खराबी भएको कारण नै बिरेन्द्र शाह वंशको हत्या भएको हो ।

राजाको पक्षमा रहेका संगठनहरु, पार्टीहरु, राजावादीहरु र नागरिक आन्दोलनका अगुवाहरु एकत्रित भई निर्णायक जनआन्दोलन काठमाडौमा गर्न आवश्यक थियो । तर २०७७ साल मंसिर २० गते चितवन र काठमाडौ लगायतका विभिन्न स्थानहरुमा छुटाछुट्टै आन्दोलन गरियो किन रु यसप्रकार राजसंस्था फर्कन असंभव छ । राजसंस्था फर्काउनका लागि तत्काल राजावादी संगठनहरु, पार्टीहरु र नागरिकहरु एकत्रित भइ काठमाडौमा बृहत शक्ति प्रदर्शन र जनआन्दोलन गर्न आवश्यक छ ।

नाम मात्रको राजावादी संगठनहरु र पार्टीहरु १ इर्ष्या र घमण्ड बाहेक एक आपसमा मेलमिलाप कसैको छैन ? सबैलाई ठुल ठुला पद र मान सम्मान चाहिएको छ । वास्तवमा भन्ने हो राजावादी संगठनहरु र पार्टीहरुको कमि कमजोरीको कारण नै राजा ज्ञानेन्द्र शाहले नासो जिम्मा लगाउने परिस्थिति आएको हो ।

राजावादीको नाम बाट जति पनि राजावादी संगठनहरु र पार्टीहरु छन एकढिक्का नहुनुमा दोषीहरु को को ? के नाम मात्रको राजावादी संगठनहरु र पार्टीहरु हो र ? राजावादीको नाममा संचालित जति पनि संगठनहरु र पार्टीहरु छन वास्तविक राजावादीहरु नै हुन भन्ने प्रश्न चिन्ह पनि खडा भएको छ ।

राजालाई खोपीको देवता पनि भनिन्छ । राजालाई दरबार अर्थात निर्मल निवास भन्दा बाहिरको मुलुकको वास्तविकताहरु बारे नै अवगत हुन पाउँदैन भन्ने गुनासोहरु बेला मौकामा सुन्न पाइन्छ सत्य तथ्य के हो ?

राजा ज्ञानेन्द्र शाहले नेपाली जनताहरुले पुनः राजगद्दीमा ल्याएर राख्लान भन्ने भ्रममा नपर्नु होला भन्ने मेरो आग्रह छ । मुलुकमा जनताहरु छन भन्ने कुरामा भर पर्नु भयो भने सय वर्षमा पनि नेपालमा राजसंस्था फर्कन्न हाम्रो मुलुक नेपालमा वास्तविक जनताहरु नै छैनन ।

राजनीतिक पार्टीका कार्यकर्ताहरु छन । राजाले यसरी सजिलैसँग सत्ता छोडेको इतिहास कतै पनि छैन । मुलुकमा जनताहरु भएको भए पो राजाको महत्त्व र योगदानलाई कदर गर्थे ! राजाको पालामा मालपोत तिर्नु पर्दैन थियो ! नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई एकीकृत सम्पत्ति कर तिर्नु पर्दैन थियोे ! सांसदहरूको संख्या अधिकतम २०५ भन्दा बढी थिएन ! अहिले संघीय संसद र प्रदेश संसद गरी ८८४ जना सांसदहरूको संख्या छ । मुलुकमा जनताहरु भए पो यी कुराहरू समझमा अर्थात दिमागमा आउँथ्यो ! राजाको परिवारहरुले खाएको सहन भएन तर अहिले ८८४ जना सांसदहरूले राज्यकोष ढुकुटी ब्रहम्लुट गरेको कसैले देख्दैनन ! मुलुकमा जनताहरु भए पो ?

राष्ट्रिय बजेटको अभावमा पनि राजा महेन्द्र संग चेतना, दुरदृष्टि र दुरदर्शिता थियो । मुलुकमा पाँच विकास क्षेत्र, राष्ट्रियसभा गृह, प्रज्ञा प्रतिष्ठान, खुलामञ्च, टुंडिखेल, दशरथ रङ्गशाला, एयरपोर्ट, पूर्वपश्चिम जोडने राजमार्ग, चीन जोडने अरनिको राजमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग, विश्वविद्यालयको नाममा बल्खुको डाँडाको जग्गा छुट्टयाइएको, चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिघा जग्गा छुट्टयाइएको, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिंग अस्पताल, राष्ट्रिय नाचघर, प्राविधिक शिक्षालयहरु, प्रदर्शनी मार्ग, क्याम्पसहरू, ट्रलीबस, रोपवेहरु, औलो उन्मूलनदेखि पुनर्वाससम्मका विशाल योजनाहरु र आयात निर्यातमा सहज हुने गरी विराटनगर लगायतका औद्योगिक क्षेत्रमा करिडोर आदि आदि जस्ता मुलुकमा भएका थुप्रै ठाउँहरु राजा महेन्द्र कै देन हो । मुलुकमा जनताहरु भए पो यी सबै कुराहरू बुझ्ने थिए ? मुलुकमा छोटो मानसिकता र अबुझहरुको झुंड छ ।

राजा ज्ञानेन्द्र शाहलाई मेरो सुझाव र सल्लाह हाम्रो मुलुकमा जनताहरु छन र जनताहरुले राजगद्दीमा बसाली देलान भन्ने भ्रममा पर्नु भयो भने सय वर्षमा पनि मुलुकमा राजसंस्था फर्कन सक्दैन असम्भव छ किनभने नेपालमा वास्तविक जनताहरु नै छैनन ।

राजा ज्ञानेन्द्र शाहले राजदरबार छोडनु भन्दा पहिले पत्रकार सम्मेलन मार्फत दिएको संदेशको दृश्य हेर्ने हो भने नियम, ऐन र कानुन बमोजिम विक्रम सम्वत २०४७ सालको संविधानको अन्त्य भएको छैन ।

यसकारण राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूका नेताहरूलाई जिम्मा दिएको नासो तत्काल कुटनीतिक प्रयास मार्फत फिर्ता लिने समय आइसकेको छ अर्थात राजा ज्ञानेन्द्र शाहले अब सत्ता खोसेर लिनुपर्ने समय आएको छ ।

प्रतिक्रिया दिनुहोस्