३ बर्षको प्रेमपछि नन्दासँग कसे रमेशले लगनगाँठो



रमेश प्रसाई चर्चित वक्ताका साथै गायक पनि हुन् । उनलाई मन पराउने दर्शक धेरै रहेका छन् । उनै रमेश प्रसाईले आज नन्दा सिंहसँग लगनगाठो कसेका छन् ।

रमेश र नन्दा विगत ३ बर्षदेखि प्रेममा थिए । ३ बर्षको प्रेमलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् । रमेशको विवाह धरानमा भएको हो ।

विवाहमा नन्दा र रमेशका नजिकका आफन्त र केही सञ्चारकर्मी उपस्थित भएका थिए । नेपाली परम्पराअनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्