प्रदिपको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’ को लागि कलाकारको खोजी, यो मितिमा हुदैँछ अडिसन…



चर्चित अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र प्रकाश को लागि कलाकारको खोजी भैरहेको निर्माण टिमले बताएको छ ।

निर्माण टिमले बताए अनुसार चलचित्रको लागि १६–१८ बर्षकी नायिका, २२–२३ बर्षका नायक, सह अभिनेता, सह अभिनेत्री लगायतको कलाकारको खोजी भैरहेको छ । यसको अडिसन १५ देखि १७ डिसेम्बरसम्म अस्कर कलेज सुकेधारामा हुनेछ ।

वेनिश इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रले दुर्गम गाउँबाट उदाएको एक यूवकको कथालाई प्रस्तुत गर्नेछ । यो चलचित्रका लागि नायक प्रदिप खड्काले ३ महिना कलाकार अनुप बरालसँग अभिनयको कोर्ष पनि सिकेका थिए ।

प्रतिक्रिया दिनुहोस्