टिसर्टबाट प्राइस ट्याग हटाउन बिर्सिएपछि सामाजिक सञ्जालमा नराम्रोसँग ट्रोल हुदैँ मानुषी छिल्लर



यतिबेला सामाजिक सञ्जालमा मानुषी छिल्लर निकै ट्रोल भैरहेकी छिन् । हालैमात्र उनी एयरपोर्टमा जादैँ गरेको एक भिडियो सार्वजनिक भएको थियो । भिडियोमा मानुषी हतारमा देखिन्थिन् । उनले आफ्नो फ्यानलाई हेल्लो भनेर फटाफट हिडिरहदाँ उनले लगाएको कालो कलरको टिर्सको प्राइस ट्याग नै देखिन्छ ।

सायद हतारमा मानुषीले प्राइस ट्याग हटाउन बिर्सिइन् होला । त्यहि कुराले अहिले उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै नै ट्रोल गरिरहेका छन् । कत्तिले उनको मजाक उडाएका छन् भने केहीले समर्थन पनि गरेका छन् ।

स्मरण रहोस्, सन् २०१७ मा मिस वर्ल्डको उपाधि जितेपछि अब मानुषी बलिउडमा डेब्यू गर्दैछिन् । उनी ‘पृथ्वीराज’ मा अक्षय कुराको अपोजिटमा देखिनेछिन् ।

यो फिल्म पृथ्वीराज चौहानको जीवनीमा आधारित छ । यसमा मानुषी संयोगिताको भूमिका निभाइरहेकी छिन् । मानुषीले एक अन्तर्वार्तामा आफू उक्त भूमिका पर्दामा निभाउनका लागि निकै उत्साहित छिन् ।

प्रतिक्रिया दिनुहोस्