यी हुन् बलिउडका बादशाह शाहरुख खानसँग भएका २ सय करोडभन्दा बढी मूल्य पर्ने ४ चीज…



बलिउडका सर्वाधिक धनी अभिनेता हुन् शाहरुख खान । आज उनी निकै आरामदायी जीवन बिताइरहेका छन् । उनीसँग कुनैपनि कुराको कमी छैन । तर आज यो स्थानसम्म आइपुग्नको लागि उनले मेहेनत पनि निकै गरेका छन् । बलिउडमा आउनु अघि उनले दिनभर काम गरेर मात्र ५० रुपैँयाा कमाउँथे । तर आज उनी बलिउडमा सबैधन्दा धेरै पारिश्रमिक लिने अभिनेताको रुपमा चिनिन्छन् । उनीसँग अहिले २ सय करोडभन्दा बढी मूल्य पर्ने ४ चिजहरु छन् । आज हामी त्यसैबारे चर्चा गर्नेछौँ ।

मन्नत
मुम्बईस्थित रहेको शाहरुख खानको घरको मूल्य २०० करोड भन्दा बढी रहेको भारतीय मिडियाले जनाएको छ । शाहरुखले उक्त घर सन् २००१ मा खरिद गरेका थिए । उनको घरमा सबै सुख, सुविधासहित स्वीमिङ पुल, जिम, ओडिटोरियम, मिनि थिएटर र लाइब्रेरी जस्ता सुविधाहरु रहेका छन् ।

लण्डनमा रहेको लग्जरी भिला
भारतमा मात्र नभएर उनले अन्य मूलुकमा पनि आफ्नो लागि भव्य बगंला जोडेका छन् । त्यसमध्ये निकै महंगो बगंला लण्डनमा रहेको छ । उनको सेन्ट्रल लण्डनको पार्क लेन इलाका भव्य बंगला रहेको छ । उक्त बंगलाको मूल्य २०० करोडभन्दा बढी छ ।

रेड चिली इन्टरटेनमेन्ट
शाहरुख खान र गौरी खानको स्वामित्वमा रहेको ‘रेड चिली इन्टरटेन्टमेन्ट’ देशकै ठूलो वीएफएक्स र प्रोडक्शन कम्पनीहरुमा एक हो । यो कम्पनी सन् २००२ मा स्थापना भएको उक्त कम्पनीले ‘रा–वन’, ‘माइ नेम इज खान’, ‘डियर जिन्दगी’ जस्ता फिल्महरु बनिसकेको छ । उनको यो कम्पनीको मूल्य अहिले ५०० करोडभन्दा बढी रहेको छ ।

कोलकाता नाइट राइडर्स
फिल्मका साथ साथै शाहरुखको लगानी खेलमा पनि रहेको छैन । मिडिया रिपोर्टको अनुसार शाहरुख खानले कोलकाता नाइट राइडर्स टीममा खानको लगानी ५५ प्रतिशत हिस्सा रहेको छ । सन् २०१९ मा टिमको कुल मूल्य ६३० करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्