चलचित्र छायांकनका क्रममा वरुण धवन र अनिल कपुरलाई कोरोना संक्रमण



कोरोनाको महामारी अझै सकिएको छैन । तर हरेक देशमा कामकाजहरु भने सुरु भैसकेका छन् । छिमेकी राष्ट्र भारतमा त झन् सरकारले केहीसमय अघि नै चलचित्र छायांकनको समेत अनुमति दिइसकेको छ । छायांकनको अनुमति दिएसँगै यतिबेला बलिउडमा धमाधम चलचित्रको छायांकनहरु भैरहेका छन् ।

यसैबिचचन्डीगढमा छायांकन भैरहेको चलचित्र ‘जुग जुग जियो’का मुख्य कलाकारहरुमा कोरोना पोजिटिभ देखिएपछि काम रोकिएको भारतीय मिडियाले बताएका छन् । चलचित्रका मुख्य नायक वरुण धवन, कलाकार अनिल कपुर र नितु कपुरलाई कोरोना संक्रमण भएको हो ।्

यी तिन कलाकारमा कोरोना संक्रमण देखिएपछि चलचित्रको काम रोकिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको टिमले भने यस बिषयमा आधिकारिक जानकारी दिइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्