‘डान्सिङ विथ दि स्टार्स’ को उत्कृष्ट ५ बाट बाहिरिइन् ज्योति मगर, उत्कृष्ट ४ मा को–को पुगे त ?



पछिल्लो समयमा दर्शकमाझ निकै लोकप्रिय बन्दै गइरहेको रियालिटी शो हो, डान्सिङ विथ दि स्टार्स नेपाल । यो शोलाई दर्शकले असाध्यै रुचाएका छन् । हरेक हप्ताको शुक्रबार र शनिबार हिमालयन टेलिभिजनबाट राति ८ बजेदेखि प्रशारणमा आउने डान्सिङ विथ दि स्टार्स अब फिनालेको निकै नजिक पुगेको छ । अब शो मा मात्र ४ प्रतिस्पर्धी बाकिँ छन् ।

हिजोराति प्रशारण एपिसोडमा उत्कृष्ट ५ बाट सर्वाधिक चर्चित प्रतिस्पर्धी ज्योति मगर र उनका कोरियोग्राफर लाउरे सिंह आउट भएका छन् । ज्योतिले डान्सिङ विथ दि स्टार्स मा आएर दर्शकको माया भने निकै पाउन सफल भइन् । अब उनलाई गायिका मात्र नभएर दर्शकले एउटा राम्रो डान्सरको रुपमा पनि चिनिसकेका छन् । भोट कम भएका कारण ज्योति शोबाट बाहिरिएकी हुन् ।

शोबाट बाहिरिएपछि ज्योतीले भनिन्–‘दर्शक श्रोताकै मायाले म यहाँ आइपुगेको हुँ । मलाई यो शोमा सुरुवातमा आउन मन थिएनँ । तर, यहाँ आएपछि मलाई नआएको भए ठूलो गल्ती हुने रहेछ भन्ने लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्