रहेनन् दिल बहादुर गाहा, ४ नाबालकहरुको बिचल्ली, थामिएनन श्रीमतीका आँशु, हृदय विदारक(भिडियोसहित)



महेश बोहरा, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटका डिलबहादुर गाहा बिरामी भएर धेरै बर्षसम्म कुजिएर बसे । उपचारको लागी आर्थिक अभावमा उनि लामो समयसम्म छटपटाईरहे तर पनि कही कतैबाट केही पनि सहयोग पाउन सकेनन ।

सरकारले दिएको अपाङ्गता भत्ताबाट आफ्नो जिवन निवार्ह गदै आएका गाहा उपचार कै अभावमा मंसिर १७ गते यो संसार् छोडरे सधैको लागी अस्ताए । बिगत ८ बर्षदेखि प्यारालाइसिसले एक हर नचल्ने भएका उनको ४ जना स साना सन्तान छन भने एक श्रीमति पनि ।

लामो समयसम्म उपचारको अभावमा बिस्तारमा लडेका उनको केही उद्धार हुन्छ की भनेर हामीलाई खबर गरे पछि हामी तिहारको अर्को दिन मंसिर २ गते उनको घरमा पुगेर सहयोगको अपिल सहितको भिडियो तयार गरेका थियौ । तर बिडम्बना प्राबिधिक कारणले हामीले त्यो भिडियो समय मै सार्वजनिक गर्न सकेनौ ।

त्यसको १५ दिन मै उनले यो संसार छोडेर बिदा भएका छन । आफुले उपचार भए आफ्नै मेहनतले परिवार पाल्ने बताएका उनि अहिले हाम्रो माझमा छैन । परिवारको अवस्था उस्तै दर्दनाक छ । परिवारमा १३ दिनको क्रिया उम्काउने अवस्था पनि नरहेको छिमेकी खड्क बोहराले जानकारी दिए । पहिले उनको श्रीमति सुत्केरी हुदा पनि समाजले नै नुन तेल उठाउ र पालनपोषण गरेको अर्को छिमेकी तथा स्थानिय नेता बाबुराम बोहराले बताउछन ।

उनका छोराछोरीको भबिष्यमा ठुलो मान्छे बन्ने रहर पालेका छन । तर अब न टेक्ने डाली र¥यो न त समाउने हाँगा नै । बाबुलाई उपचार गरेर बचाउन नसके पनि उनका छोराछोरीको उज्जवल भबिष्यको लागी यो भिडियो हेरर देश तथा बिदेशमा रहेका नेपालीजनहरुलाई आफु सक्दो सहयोग गर्न अपिल गर्दछौ । सहयोगको लागी तपाईले भिडियो हेरेर सहयोग गर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्