मंसिर २२ मा विजेन्द्र सिंहसँग विवाह गर्दै नायिका स्वेता खड्का



चर्चित अभिनेत्री स्वेता खड्काले विजेन्द्र सिंहसँग विवाह गर्ने भएकी छिन् । चलचित्र कहाँ भेटिएला बाट अभिनय यात्रा सुरु गरेकी स्वेताले श्रीमान श्रीमती, हाँसि देउ एक फेर, कान्छी लगायतका चलचित्रमा कामम गरेकी छिन् । उनले २०७१ सालमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर विवाह गरेको १ महिना नबित्दै श्रीको निधन भएको थियो ।

श्रीको निधनपछि स्वेता अहिलेसम्म एक्लो जीवन बिताइरहेकी थिइन् । अब भने उनले नयाँ जीवन सुरु गर्न लागेकी हुन् । विजेन्द्र र स्वेताले यहि मंसिर २२ गते विवाह गर्दैछन् ।

श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ ।विवाहको निम्तो कार्डमा उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्