अञ्जली र चक्रको ‘चोली ढाकाले’ रिलिज (भिडियो सहित)



पछिल्लो समयमा बजारमा अन्य गीतहरुले झैँ लोकदोहोरी गीतहरुले पनि सर्वाधिक चर्चा पाउन थालेका छन् । यसैबिच बजारमा हालै रिलिज भएको चोली ढाकाले बोलको गीतले पनि राम्रो चर्चा पाइरहेको छ ।

पवित्रा घर्ती मगरको शब्द र संगीत रहेको गीतमा बिवेकमान रोका मगर र स्वयम पवित्रा मगरको आवाज रहेको छ । निकै मिठो गीतमा चर्चित मोडल अन्जली अधिकारी र चक्र बम फिचर्ड रहेका छन् । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

गीतले युट्युबमा राम्रो भ्यूज र दर्शकको राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्