चर्चित ‘टिकटक स्टार’ रेश्मा घिमिरेले प्रेमी प्रभातसँग गरिन् इन्गेजमेन्ट



पछिल्लो समयकी सर्वाधिक चर्चित मोडल हुन् रेश्मा घिमिरे । टिकटकबाट लाखौँ दर्शक कमाएकी रेश्मालाई म्यूजिक भिडियोबाट पनि दर्शकको राम्रो साथ मिलिरहेको छ । चलचित्र यो साइनो माया को बाट उनी रजतपटमा भित्रिएकी थिइन् । उनको डेब्यु चलचित्र फ्लप भएपनि उनलाई अहिले चलचित्रबाट निकै अफर आइरहेका छन् तर रेश्मा अझै परिपक्क भएर मात्र अभिनयमा भित्रिने तयारीमा छिन् ।

उनै टिकटक क्वीन रेश्मा घिमिरेले आज इन्गेजमेन्ट गरेकी छिन् । रेश्माले प्रेमी प्रभात बासुसँग इन्गेजमेन्ट गरेकी हुन् । पेशाले चिकित्सक रहेका प्रभात अमेरिकामा बस्दै आएका छन् । विराटनगरको एक होटलमा यी दुईले औँठी साटासाट गरेका हुन् । प्रभातसँग रेश्मा लामो समयदेखि प्रेममा रहेकी छिन् । तर उनले आफ्नो प्रेमबारे कतैपनि खुलाएकी थिइनन् । पेशाले रेश्मा पनि मोडल भन्दा पहिले नर्स हुन् ।

रेश्मा र प्रभातको इन्गेजमेन्ट भएपनि विवाहको मिति भने तय भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्