हरिहर र कृष्टिनको ‘शुभ लब’ युट्युबमा रिलिज



करिब २ बर्ष अघि प्रदर्शनमा आएको चलचित्र शुभ लब युट्युबमा रिलिज भएको छ । युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलको मुख्य भूमिका रहेको चलचित्र हलमा सफल हुन सकेको थिएन । युट्युबमा भने यो चलचित्रलाई दर्शकले रुचाइरहेका छन् ।

चलचित्र हेर्नेले सबैले राम्रो प्रतिक्रिया दिइरहेका छन् । धेरैले कृष्टिनको सुन्दरता र हरिहरको अभिनयको तारिफ गरेका छन् । कृष्टिन र हरि दुवैको यो डेब्यु चलचित्र हो । चलचित्र हिट नभएपनि चलचित्रको गीतले भने राम्रो चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्