जब सनीले अनिलको घाँटी समातेर दबाउन थाले…



सनी देखोल र अनिल कपुर दुवै बलिउडका नाम चलेका अभिनेता हुन् । यतिबेला सामाजिक सञ्जालमा यी दुईको एक किस्सा निकै भाइरल भैरहेको छ । धेरैलाई थाहा नहोला कुनै समयमा अनिल र सनीबिच राम्रो सम्बन्ध थिएन । यी दुईले एकसाथ चलचित्रमा पनि काम गरेका थिए । सोही बेला यी दुईबिच झगडा भएको थियो ।

सन् १९८९ मा रिलिज भएको ‘जोशीले’ मा सनी र अनिलले सँगै काम गरेका थिए । यो फिल्मलाई सिब्ते हसन रिजवीले निर्देशन गरेका थिए । भारतीय सञ्चार माध्यम पिंकभिल्लाका अनुसार यो फिल्मको क्रेडिटमा अनिलको नाम सनीभन्दा अगाडि राख्दा उनको इगो हर्ट भएको थियो । उनी यसका लागि रिसाएका थिए र उनको रिस मिडियासम्म पुगेको थियो । यद्यपि, मामिला जसोतसो शान्त भयो ।

यसपछि पनि यी दुईले एकसाथ अर्को चलचित्र साइन गरेका थिए । चलचित्रमा अनिल र सनीसँगै श्रीदेवी पनि थिइन् । भारतीय मिडिया अनुसार सनीले उक्त चलचित्रको छायांकनभरि अनिललाई हेर्दा पनि हेरेनन् ।

यो फिल्ममा दुई हिरोबीच एउटा फाइट सीन थियो । यसमा सनीले अनिलको घाँटी समात्नुपर्ने थियो । स्रोतले दाबी गरेअनुसार सुटिङको क्रममा सनीलाई पुरानो कुरा याद आयो र उनको पारा चढ्यो । रिसमा सनीले अनिलको घाँटी साँच्चै नै समाते र दबाउन थाले । अनिलले सास फर्ने सकेनन् ।

सनीको यस्तो क्रुर रुप देखेर अनिल केही डराएका थिए । पछि चलचित्रका निर्देशकले दुवैलाई सम्झाएका थिए र झगडा शान्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्