बिहे गर्ने सोचमा नायिका नन्दिता केसी, तर कहिले ?



नन्दिता केसी कुनै समयकी नाम चलेकी नायिका हुन् । केहीबर्षदेखि भने उनी अमेरिकामा छिन् । अमेरिका भासिएपछि नन्दिता चलचित्रमा देखिएकी छैनन् । तर उनी चलचित्रमा फर्कने सोचमा भने छिन् । केहीसमय अघि नेपाल आएकी नन्दिता अहिले विभिन्न सामाजिक काममा आफूलाई व्यस्त बनाइरहेकी छिन् ।

नन्दिताले अब बिहे गर्ने सोच रहेको पनि बताइन् । विवाह गर्ने उमेर पुगेको भएपनि भनेजस्तो बर नभेटेर आफूले अहिलेसम्म विवाह नगरेको तर विवाह गर्ने सोच आफ्नो रहेको उनले खुलाएकी छिन् । आफूलाई बुझ्ने र मनमिल्ने साथी भेटे उनले छिट्टै नै विवाह गर्नेछिन् । नन्दिताले इन्द्रेणी, सपना, मालतीको भट्टी, हामी तिन भाई लगायतका थुप्रै चलचित्रमा काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्