साराले फोटोग्राफरलाई ‘नमस्ते मेरो पोज हुने गर्दैन’ भनेपछि फ्यानले दिए यस्तो प्रतिक्रिया…



बलिउडकी चर्चित नायिकाको रुपमा आफूलाई स्थापित गरिसकेकी नायिका साराअली खान बेला बेलामा विभिन्न कारणले चर्चामा आइरहेकी हुन्छिन् । साराले कहिले तस्बिरका कारण, कहिले उनले दिएका विभिन्न भनाईका कारण त कहिले ड्रग्स केसमा नाम जोडिएर चर्चामा छाइरहेकी छिन् ।

हालैमात्र सामाजिक सञ्जालमा साराको एक भिडियोले निकै नै चर्चा पाइरहेको छ । उक्त भिडियो साराले फोटोसुट गर्दाको हो । सारालाई फोटोग्राफरले एउटा पोज नमस्ते गरको दिनको लागि आग्रह गरेका थिए । तर साराले नमस्ते मेरो पोज हुने गर्दैन भनेर जवाफ दिइन् । साराको जवाफले उनका फ्यानलाई चकित बनाएको छ ।

भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा पाएको भएपनि साराले भने अहिलेसम्म यसबारे कुनैपनि प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्