आर्यनको जोडीको रुपमा देखिदैँ उपासना, कत्तिको जम्ला त जोडी ?



केहीसमय अघि अभिनेता आर्यन सिग्देलले चलचित्र डिसेम्बर फल्स साइन गरेका थिए । डिसेम्बर फल्सको लागि नायिकाको खोजी भैरहेको थियो । चलचित्रको कथा अनुसार आर्यनभन्दा कम उमेरकी नायिका उनको लागि खोजिएको थियो । नायिका सुहाना थापालाई निर्माण टिमले मुख्य नायिकाको रुपमा अप्रोज गरेको थियो तर सुहानाले ए मेरो हजुर ४ को छायांकनका कारण डिसेम्बर फल्स साइन गरिनन् ।

अन्ततः चलचित्रको मुख्य नायिकाको रुपमा उपासना सिंह ठकुरी फाइनल भएकी हुन् । क्याप्टेन बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी उपासनाको दोस्रो चलचित्र कबड्डी कबड्डी कबड्डी ले निकै राम्रो व्यापार गर्न सफल भएको थियो । डिसेम्बर फल्स को कथा आफूलाई निकै मन परेकाले काम गर्न तयार भएको उपासनाले जानकारी दिएकी छिन् । उनले हिजो मगंलबार चलचित्र साइन गरेकी हुन् ।

उपासनाले आर्यनसँग स्क्रिन सेयर गर्नको लागि आफू निकै उत्साहित रहेको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्