फेरि चर्कदै उर्मिला र कगंनाको विवाद, यस्तो छ कारण…



केही समयअघि बलिउडमा नायिका कगंना रनावत र उर्मिला मातोंडकरको निकै चर्काचर्की परेको थियो । दुवैले एकअर्काको सकेजति बेइजति गरेका थिए । अहिले फेरि उर्मिलाले शिवसेनामा संलग्न भएपछि एकपटक पुनः कगंना रनौतमाथि निशाना साँधेकी छिन् ।

यसैबिच उर्मिलाले कगंनालाई अनावश्यक महत्व दिइएको बताएकी छिन् । उर्मिलाले कंगनालाई ‘अनावश्यक महत्व’ दिइएको बताएकी छिन् ।

उर्मिलाले शिवसेनाको सदस्यता लिएपछि आफ्नो पहिलो प्रतिक्रियाका बेला भनिन्, ‘यसअघि गरिएको साक्षात्कारमा मलाई धेरैजसो प्रश्न कंगनाको विषयमा सोधियो । मलाई लाग्छ कि कंगनालाई अनावश्यक महत्व दिइएको छ । मलाई लाग्दैन कि उनलाई थप महत्व दिनुपर्छ ।’

अहिले यो कुराले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । कगंनाका फ्यानले उनको पक्षमा बोलिरहेका छन् भने उर्मिलाका फ्यानले उनलाई नै समर्थन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्